हाम्रो चाहना सामुहिक अधिकारको स्थापना
Nepali नेपाली           Nepali  English

मिति :

Send us your feedback
Click here for Affordable, Cheap Web Design and Development
Make your contribution to save life and make bright future of distant children of Nepal
Find your suitable holiday operator
मत सर्वेक्षण
घले समाजको पहिलो प्रस्तुती स्वरुप यो अन्लाईन वेबसाईट कस्तो लाग्यो ?

ज्यादै राम्रो लाग्यो ।
ठिकै राम्रो लाग्यो ।
अझै सुधार गर्नुपर्ने ।
खासै राम्रो छैन ।

Vote View Result
Older Poll Results
आगामी कार्यक्रमहरु
आयो आयो बृहत घले (लिःल) बनभोज कार्यक्रम २०७३ !!!

देश, विदेशमा छरिएर बसिरहनुभएका घले दाज्युभाई दिदी बहिनीहरु आ–आप्mनो काम विशेषले मनले चाँहदा चाँहदै पनि भेटघाटको मौका पनि नपाउने अवस्थामा बर्षमा एक पल्ट भए पनि जम्मा भई आप्mना सुखःदुखहरु साटासाट गर्ने, चिनजान गर्ने र एक दिन भए पनि नाचगानका साथ रमाइलो गरि आप्mनो मानसिक तनावलाई एक दिनै किन नहोस् शान्त गर्न सकिएमा स्वस्थ र दिर्घायु हुन सक्ने मान्यतालाई अंगालेर विगतका हरेक बर्ष लिःल फङ (घले समाज) केन्द्रिय समिति काठमाडौले बनभोज कार्यक्रमको आयोजना गर्दै आएकोमा २०७२ साल बैशाख १२ गतेको बनभोज कार्यक्रम दुर्भाग्यवश विनाशकारी भूकम्पका कारण बिचैमा तुहिन वाध्य तुल्याएको र अहिले देश नै सो विनाशकारी भूकम्पबाट तंग्रिदै आएको अवस्थामा यो रितलाई पुन निरन्तरता दिन फेरी लिःल फङ (घले समाज) केन्द्रिय समिति काठमाडौ बृहत घले (लिःल) बनभोज आयोजना गर्न जुर्मुराएकोछ । सबै घले दाज्युभाई, दिदी बहिनीहरुलाई बनभोज कार्यक्रममा उपस्थित भई बनभोज कार्यक्रमलाई सफल पारिदिन हुन केन्द्रिय समिति आग्रह गर्दछ । होज्यू ।

 

मितिः२०७३÷१२÷२६ शनिबार ।

स्थानःबालाजु २२ धारा, नं. २ स्पट ।

समयःदिनको १ बजे ।

टिकट मुल्यःरु. २५०।— अक्षरुपी (रु. दुई सय पचास मात्र)

सम्पर्कःलिःल फङ (घले समाज) केन्द्रिय समिति काठमाडौको कार्यालय सामाखुशी ।

सम्पर्क नं.०१ ४३५२७९८

 

२०७२ सालदेखि बनभोज कार्यक्रममा न्यूनतम आय भएका परिवार पनि सामेल हुन पाओस् भन्ने हेतुले अहिलेको महंगाईलाई समेत मध्यनजर राख्दै प्रति ब्यक्तिसँग ज्यादा रकम उठाउनुको सट्टा बनभोजको लागी चाहिने खाद्यान्न बस्तुहरु इच्छुक व्यक्तिले प्रायोजक गर्ने निणर्य भएकोमा सो सालको बनभोज कार्यक्रम बिचैमा तुहिएता पनि सो कार्यक्रमकोलागी लिःल फङ (घले समाज) का अध्यक्ष श्री दिनेश घलेज्यू एक भेंडा, प्रमुख सल्लाहकार जित बहादुर घलेज्यू एक भेंडा, र सचिव श्री मिन बहादुर घलेज्यूले माछाको लागी प्रायोजक गर्नुभएको थियो भने यस पालिको लागी अहिलेसम्म सचिव श्री मिन बहादुर घलेज्यूले एक भेंडा, कोषाध्यक्ष श्री ज्ञान बहादुर घलेज्यूले एक भेंडा, र सल्लाहकार श्री जे.बि घले (सम्योगी) ज्यूले चामल र गत बर्ष भेडा व्यहोर्नु भएको लिःल फङका प्रमुख सल्लाहकार श्री जीत बहादुर घलेज्यूले माछा व्यहोर्नुभएकोछ । यसरी अरु खानाको लागी कोही घले दाज्युभाई, दिदी बहिनीहरु प्रायोजक बन्न इच्छुक हुनुहुन्छ भने माथीको सम्पर्क नं. मा सम्पर्क गर्नुहुन अनुरोध गर्दछ ।


अन्य आगामी कार्यक्रमहरु
रसुवा जिल्लामा घले सम्बन्धी एक दिने प्रशिक्षणको कार्यक्रम र संगठन निर्माण ।।

यहि २०७३ साल बैशाष १ गते लिःल फङ (घले समाज) केन्द्रिय समिति काठमाण्डौबाट केन्द्रिय अध्यक्ष श्री दिनेश घलेज्युको नेतृत्वमा के. उपाध्यक्ष श्री दिपेन घले, के. सचिव श्री मिन बहादुर घले र के. सदस्य श्री गणेश घलेज्यु गरी जम्मा ४


विस्तृत ...

२०७३ को उपलक्ष्यमा लिःल फङ (घले समाज) केन्द्रिय समितिको उपहार

विगतका बर्षभैंm यस बर्ष पनि नेपालको राष्ट्रिय नयाँ बर्ष २०७३ को उपलक्ष्यमा आफ्नो घले जातिको धर्म रसँस्कृति, मौलिकता झल्कने विभिन्न किसिमका तस्विरहरुले सजिसजाउ भएको र घले जातिकै चाड पर्वहरु र ज्योतिष शास्त्रले समेटिएको आकर्षक भित्तेपात्रो 


विस्तृत ...