हाम्रो चाहना सामुहिक अधिकारको स्थापना
Nepali नेपाली           Nepali  English

मिति :

Send us your feedback
Click here for Affordable, Cheap Web Design and Development
Make your contribution to save life and make bright future of distant children of Nepal
Find your suitable holiday operator
मत सर्वेक्षण
घले समाजको पहिलो प्रस्तुती स्वरुप यो अन्लाईन वेबसाईट कस्तो लाग्यो ?

ज्यादै राम्रो लाग्यो ।
ठिकै राम्रो लाग्यो ।
अझै सुधार गर्नुपर्ने ।
खासै राम्रो छैन ।

Vote View Result
Older Poll Results
हाम्रो पहिचान

घले भाषा : घलेहरुको छुट्टै भाषा छ
संस्कृति : हाम्रो आफ्नै पहिचान भएको संस्कृति र परम्परा छ
घले पोशाक :



घले (लिःल) जातिको जन्मदेखि मृत्युसम्मको संस्कार

 

जन्म संस्कार

 

थपसङ्ग (चोख्याउने)— बच्चा जन्मेको तेस्रो दिनमा अगेना चोख्याइन्छ । चोख्याउँदा चुलोे वा अगेना मा प्रयोग हुने काठ तथा चोयाबाट बनेका सामग्रीहरु जस्तैः छोर्मा (चोयाबाट बनेको जाँड छान्ने भाँडो), फेर्सिङ्ग (निगालोबाट बनेको सिस्नु फिट्ने फिर्केे), पुइय (काठबाट  बनेको ढेंडो ओडल्ने दाविलोे), सङदुङ (ढेंडो ओडाल्दा कसौडी समात्ने काठको टेका), सेप्तेन् (अचानोे) पुजा गरेर घरदेखी केही पर खोला छेउमा लगी बाटो भन्दा माथी फालीन्छ र त्यही तेश्रो दिनमा नै सेरः (जैसीे) बाट नव बच्चाको नामकरण गरिन्छ तर आमा र बच्चालाई बाहिर निकालिंदैन ।

 

गुङ ठ्व (आङ नुहाउने)ः  जन्मेको बच्चा यदि छोरा भए ९ आंै दिनमा र छोरी भए ७ आंै दिनमा आमा र बच्चालाई नै बाहिर ल्याई आमा र बच्चालाई आङ नुहाई दिई सफा गरिन्छ र स्व–जातीय कन्याहरु बोलाई दान दक्षिणा गरि सुतकेरी आमालाई दही अक्षेताको सेतो टिका लगाई दिए पछि मात्र बल्ल आमाले चुलोमा खाना पकाउने र सदा जस्तै साधारण जिवन विताउ‘न दिईन्छ ।

 

लःथब (सातो डोरोे)— छोरी जन्मेको भए ७ सरो धागोमा ७ वटा गांठो बनाएर र छोरा जन्मेको भए ९ सरो धागोमा ९ वटा गांठो बनाएर थपसङ्ग (चोख्याउने) दिनमा आमाले लगाई दिन्छ र फेरी त्यो डोरो गुङ ठ्व (आङ नुहाउने) दिनमा फेरिन्छ ।

 

लःथब लगाउने प्रक्रिया— नव बच्चालाई नुहाई धुवाई गरिसके पछि थब (डोरो) घॉटीमा, कम्मरमा, दुई हातमा र दूई खुटामा चोखो पानी छम्क्याई आमाले नै लगाई दिन्छ ।

 

चङ् (कोक्रोे वा बच्चा सुताउने डॉगाी)— नव बच्चाको सम्पूर्ण काम कार्य सके पछि कोक्रोमा सुताउन पनि सेरः घलेको पुरोहितले ङेमः (साईत) हेराएर हिमालमा पाइने मऊ म्याः (विशेष जातको निगालोे) बाट निकालेको रबर जस्तो पातलो चोयाबाट बुनेर बनाइएको कोक्रोमा छोरी भए ७ दिनदेखी र छोरा भए ९ दिनदेखी सुताइन्छ र सो दिनमा अशुभ बार परेमा ङेमः (साइत) हेरी अरु कुनै दिनबाट सुताइन्छ ।  

 

कोखधारा  गोेत्रहरुःः

        डाँगे घलेको ःउल्टे (मान) गोत्र

        साम्री घलेकोःपुल्टे (इत्री वा इत्रीय) गोत्र 

        ग्याल्दङ घलेकोःग्याल्टे (बडा) गोत्र

        रिल्दी घलेकोःशीर गोत्र

       

लिःल (घले) जातिको कूल पूजा (फोल छयोए) 

   चोम्सोङ ग्याल्बो, कुङसुङ ग्याल्मो, फोकी फोल गेगर गोला । 

 आबा गर्बागे आमा तोर्मागे, फोकी फोल गेगर गोला ।

 

माथीको श्लोक घले (लिःल)े हरुको कुल पुजा गर्ने बेलामा झाँक्रीले मन्तर पाठ गर्दा सब भन्दा अगाडी उच्चारण गरिने श्लोक हो । घले (लिःल) जातिभित्र विभिन्न थरहरु हुन्छन् र सबैले आ–आफ्नै किसिमले आफ्नो फोःल छयोए (कुल पुजा) आफ्नै तुम् (झं‘ाक्री) ले पुरा गर्छ । मुख्यत नयाँ घर बनाए पछि कुल पुजा गर्नै पर्छ र जब कुल पुजाको अन्तिम दिन, समारोपनमा “अब फेरी यति बर्ष पछि गर्छुर्” भनेर वाचा बन्धन् गर्नु पर्छ, जस्तो ३ बर्ष, ५ बर्ष, र १२ बर्ष, तर १२ बर्ष भन्दा टाढा चाहीं मिल्दैन । यदि घरमा आर्थिक लाभ, दःख बिमार, कष्ट भएमा जान्ने ल्याएर जोख जोखना हेराउँदा कहिले काहीँ कुल बिगे्रको अर्थात फःमी मःमी लाई राम्रो नगरेको रहेछ भन्ने पता लागेमा बाचा गरेको अवधि भन्दा अगावै पनि कुल पुजा गरिन्छ । फोःल छयोए (कुल पुजा) गर्दा रात भरी झॉक्रीले पाठ गरी मध्य रातमा भेंडाको बली चढाउँछ । यसरी रात भरी झॉक्रीले पाठ गरी सके पछि विहान आफ्नो खलकको दाजु भाई जम्मा गरी खाना खुवाउने चलन लिःल जातिको कुल पुजामा गरिन्छ । 

 

पितृ पूजाः  लिःल (घले) जातिले पितृ पुजा हरेक बर्ष बैशाख पूर्णिमाको रात बयु च्व (बायु थाप्ने) गरेर त्यसको भोली पल्टको दिन गर्ने परम्परागत चलन छ । यसमा आ–आफ्नै फङ्ग (खलक) भित्र गरिन्छ । बयु च्व गर्दा डाङ¥या (आपनै खलकभित्रको पूजारी) चोखोनितो गरेर पितृहरुको नाउमा धुप बाली पूजा गरेपछि पितृको आत्मले छोइ कामेर उसको मुखबाट विगतमा वितेका आफ्ना खलकको सबै मृतकको आत्म बोल्न आउँछ र ती प्रत्येकसँग संवाद गरीे आवश्यक सल्लाह सुझाव लिइ त्यसै अनुरुप भोलीपल्ट  बनमा गई उनीहरुकै नाममा जति जना मृतकहरु छन् त्यति नै संख्यामा मूर्ति स्वरुप ढुंगा राखेर पुजिन्छ । साधारण तरिकाले मरेकाहरुको मूर्ति एक ठाउँ र भिर पखेरा बाट लडेर मरेका यानी असाधारण तरिकाले मरेका हरुको एक ठाउँमा राखेर भेडा काटेर खादारादा (भेडाको हरेक अंगको सानो सानो मासुको चोक्टा) र रक्सी चढाई सकेपछि जम्मा भएका सबै जनाले उक्त पितृ प्रसाद ग्रहण गरी पितृ पुजा सम्पन्न गरिने चलन छ । पितृ पुजामा रक्सी अनिवार्य हुन्छ तर रक्सी चाहीँ पहिला जाँड पकाउदानै पित्रको नाम गरेर पकाएको हुनु पर्छ र त्यही जाँडबाट रक्सी पार्दा नै पहिलो भानको जुठो नगरेको एक पुम रक्सी अलग्ग छुट्टयाएको हुनु पर्छ । बनमा जाँदा हरेक घरबाट एक माना चामल, एक पुम रक्सी, दुई चार वटा रोटी साथै दाउरा लानु पर्दछ ।

 

यदि फङ्गको डाङ¥याको देहान्त भएको खण्डमा बैशाख पूर्णिमाको रातमै नयॉ डाङ¥याको खोजी गर्ने चलन छ । यसरी खोजी गर्दा देहान्त भएको डाङ¥याकै घरमा आफ्ना खलकका सब ठिटोहरुलाई जग्गेमा पलेटी मारेर बस्न दिईन्छ । त्यस पश्चात गाउँको ठुलो गुरु झाँक्रीले मन्त्र पाठ गर्दै जान्छ र यस क्रममा एकजनालाई मात्र पितृ आत्मले छुन्छ र उसैको मुखबाट मृत्यकहरुको नाम बकाउछ र उसैलाई डाङ¥या चुनिन्छ । यसरी डाङ¥या खोजी गर्ने क्रममा ठिटोहरु जसले अरुको जुठो खाएको छैन, अरु प्रतिबन्धित खानाहरु खाएको छैन, र पित्रहरु प्रति समर्पित छ उसलाई मात्र पित्रहरुले चुन्छ रे भन्ने विश्वास आजसम्म हाम्रो समुदायमा स्थापित रहिआएको छ । 

 

विवाह (ङेन्)

लिःल (घले) जाति आफ्नै जातको मुख्य चारथर (डागे, साम्री, ग्याल्दङ र रिल्दी) छन । यिनीहरुको ठाउ अनुसार कार्बा, पैलाङ, घ्यास्रुङ, ठिटो, स्यर, खान, बङजो, दङमै आदि छन् र यिनीहरु विचमा मात्रै गोत्र केलाएर विवाह गरिन्छ । खासगरी विवाह शुरुमा नै गोत्र सार्ने गरी र पछि मात्रै गोत्र सार्ने गरी दुई तरिका अपनाएर गरिन्छ ।

 

शुरुमै गोत्र सार्ने विवाह (लम्स्यो प्र)ः यस रीतको लागि दुई परिवारको आवश्यक सल्लाह र सहमतिमा विवाह गर्ने शुभदिनको टुङगो गरिन्छ । त्यसपछि बेहुलाको तर्फबाट विवाहको लागि ठेकी पुंमकोसाथमा भित्रीभाई र बाहिरीभाइको लागि दुई वटा भेडाको खसी,बाह्रविस सेलरोटी, पेरुङ्गामा राखी १२ भारी रक्सीसाथै एउटा उखुको घाटोमा एक मुठा रायो साग, दहीको ठेकी, रक्सी पुम झूण्डयाएर केटीको घरको आँगनमा गाडेर त्यसको वरिपरि त्यो सबै भारी बिसाउँछ । त्यसलाई विर्चो गाड्ने भनिन्छ । बेहुलीको घरमा बेहुलीको भित्रीभाई र बाहिरी भाईहरु जम्मा भएर बसिरहेको हुन्छ । त्यसपछि दुवै पक्षको छलफलबाट सहमति भएपछि बेहुला र बेहुलीलाई बाँचाकसम गराई बेहुलीको जेठो दाजूबाट ठेकी पुंम खोली आफ्नो घरको कुलमा सगुन चढाई जम्मा भएका दाजुभाईले सगुन ग्रहन गरिन्छ । त्यसपछि बेहुलाको तर्फबाट बेहुलीको आमाबुवा सासुससुरा, फुपूसासु, दिदीवहिनीहरुलाई पछयौरी, पगरी वा देसल्ला ओढाइ, ढोगभेट गरी ठेकी पुंमको रीत पूरा गरिन्छ । त्यसपछि गोत्र सार्ने कार्य शुरु हुन्छ, गोत्र सार्ने कार्य बाहिरी भाईबाट मात्रै सम्पन्न गरिन्छ । शुरुमा बेहुलाको तर्फबाट ल्याएको सगुनभारीलाई बाहिरीभाईले हात लगाउँछ र उनिहरुको नै छान्ने हक हुन्छ । छानिसके पछिको आधा चाँही बल्ल भित्रीभाईको हुन्छ । त्यसैको सट्टानै बेहुलीको घर लगायत बाहिरीभाई र भित्रीभाईले आफ्नो चेलीलाई (मोन) दाइजो दिई पठाइन्छ । त्यस पछि त्यो (बेर्चो) बिर्तालाई समातेर बेहुला र बेहुलीलाई अगाडी उभ्याएर बाहिरीभाईद्धारा कसम खुवाईन्छ र दुबैलाई टिका टालो, ढोग भेट गराएर बाजा बजाउदै घर लागिन्छ ।

 

पछि गोत्र सार्ने विवाह (स्यासी रहङ¬् )ः यस रीत अनुसार विवाह गर्दा ठेकी पुम् (कोसेली) पु¥याउने भन्ने चलन छ । केटाको बुबाआमा र केटीको बुबाआमा बीच गोत्र, बर्ग केलाई सहमति भई सकेपछि शुभदिनको टुङ्गो गरिन्छ । त्यसदिनमा दुवै पक्षका आ—आफ्ना दाज्यु भाईहरु भेला भई केटा तर्पmबाट ल्याएको ठेकी पुंमको रीत शुरुमै गोत्र सार्ने गरी गरिएको विवाह अनुरुप नै गरिन्छ तर बेहुलीलाई केटाको घरमा सोही दिनमा लान पनि सक्दछ वा नलान पनि सक्दछ । किनभने केटाको घरमा लगन जुँध्ने, बर्ग जुध्ने भएमा केटाको घर भित्रयाइदैन । घले (लिःल) जातिहरु यसैलाई नै विवाह भएको ठोस प्रमाण मान्दछ । ठेकी पुम लगाई सके पछि दुलहा र दुलही समाजको अगाडी श्रीमान र श्रीमती कै रुपमा स्थापित हुन्छ दुलहा दुलही एक अर्काको घरमा आते जाते गर्नु पाईन्छ, तर दुलही चाहीँ दुलहाको घरमा बास लिंदैन । जुनबेë